फिचर न्युज शिक्षा-स्वास्थ्य

सुदूरपश्चिम विश्वविद्यालयका ३ सय ७६ विद्यार्थी दीक्षित हुँदै

काठमाडौँ, वैशाख ७। सुदूरपश्चिम विश्वविद्यालयका चौथो दीक्षान्त समारोहमा तीन सय ७६ विद्यार्थी दीक्षित हुने भएका छन्। आगामी आइतबार हुने चौथो दीक्षान्त समारोहमा कुल एक हजार तीन सय ३७ विद्यार्थीमध्ये तीन सय ७६ जना प्रत्यक्ष दीक्षित हुने भएका हुन्।

जसमा व्यवस्थापन सङ्काय केन्द्रीय क्याम्पस स्नातकोत्तर तहका विद्यार्थी हेमन्त भट्टले चान्सलर र केन्द्रीय क्याम्पस इन्जिनियरिङ सङ्काय स्नातक तहका नवीन प्रसाद भट्टले भाइस चान्सलर पदक पाउने भएका छन्।

प्रधानमन्त्री एवं सुपविका कुलपति पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा हुने कार्यक्रममा कुमाउ विश्वविद्यालयका कुलपति दिवानसिंह रावत, शिक्षामन्त्री सुमना श्रेष्ठसहित लगायतको सहभागिता हुनेछ।