खेलकुद फिचर न्युज

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौं, बैशाख ५। अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । फरार रहेका उनी आज प्रकाउ परेका हुन्।

लागूऔषध मुद्दामा पाटन उच्च अदालतबाट पाँच वर्षको कैद सजाय तोकिएको छ। उनलाई तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ जेठ २० गते लागुऔषध खैरो हेरोइन कारोबारमा पाँच वर्ष कैद र ५ हजार रुपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो।

एन्फा विधानको धारा २४ मा लागूऔषध विक्री वितरणको मुद्दामा एक वर्ष वा सोभन्दा बढी कैद सजाय पाइ त्यस्तो फैसला अन्तिम भएको व्यक्ति एन्फामा निर्वाचित हुन नसक्ने उल्लेख छ । सो अनुसार लामाको उपाध्यक्ष पद स्वतः खारेज हुन्छ।