काठमाडौं, १३ भदौ । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अवहेलना मुद्दामा अदालतले आदेश दिएको छ । सर्वोच्चमा दर्ता भएको मुद्दामा न्यायाधीश हरिबहादुर कार्कीको एकल इजलासले सोमबार मेयर साहसँग लिखित जवाफ माग्ने आदेश दिएको हो ।
अधिवक्ता दीपकराज जोशीले बालेनविरुद्ध भदौ २ गते मुद्दा दर्ता गरेका थिए । मेयर साहले केही दिन अघि संविधान संशोधन गरेर सर्वोच्च अदालतलाई अधिकार दिउँ भन्दै फेसबुकमा लेखेका थिए ।
बालेनले लेखेको त्यो स्टाटसले अदालतको अवहेलना भएको अधिवक्ता दीपकराज जोशीको भनाइ छ ।
