अर्थ फिचर न्युज

बेलबारीको लालिगुराँस साकोसमा चोरी (भिडियो)

बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नं ३ मा रहेको लालिगुरास बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा शुक्रवार राती चोरी भएको छ ।  गए राती भवनको पर्खाल नाघेर  चोरी गर्ने गिरोह सहकारी प्रवेश गरेको संस्थाका अध्यक्ष दुर्गा गौतमले जानकारी दिए । चोरी गर्ने गिरोहेले भवनको भुईँ तलामा रहेको जिल्ला बचत सहकारीको  झ्यालको ग्रिल बङ्ग्याएर कार्यालयमा रहेको सिसी क्यामेराको रेकर्डिङ सिस्टम चोरी गरेको छ भने भवनको बाहिर रहेको सिसी क्यामेरामा प्लास्टिकले कभर गरेको पाईएको छ । 

चोरी गर्ने समूहले लालिगुरास साकोबाट करिब ६ हजार रुपैयाँ चोरी गरेको हुन सक्ने आशंका छ भने लालिगुसारको सिसी क्यामेराको रेकर्डिङ सिस्टम पनि चोरी भएको छ । घटना स्थलमा अहिले इलाका प्रहरी कार्यालय बेलबारीले अनुसन्धान गरिरहेको छ । थप विवरण आउन बाँकी छ । 

पछिल्लो समय मोरङमा बढ्दो सहकारी चोरीका घटनाले गर्दा सरकारीहरूले रकम बैंकमा जम्मा गराउन थालेकाको सहकारीका अध्यक्ष दुर्गा गौतमले बताए । गत फागुन १७ गते मोरङको लेटाङमा रहेको एकीकृत जनभावना बचत तथा ऋण सहकारी संस्थाको झन्डै १३ लाख रुपैयाँ चोरी भएको थियो । यस अघि गत चैत्र ७ गते मोरङकै सुन्दरहरैँचा नगरपालिका १० मा रहेको हातेमालो बचत तथा ऋण सहकारीमा पनि चोरी भएको थियो । सो चोरीमा पनि सिसी क्यामेराको हार्डडिस्क र करिब २ हजार रुपैयाँ चोरी भएको थियो । पछिल्लो केही महिनामा मोरङ जिल्लामा मात्रै ७ बढी सहकारीमा चोरी भएको घटना सार्वजनिक भएका छन् ।