खेलकुद फिचर न्यूज

बेलबारी उप–मेयर कप: विराटनगरलाई हराउँदै भद्रपुरले चुम्यो उपाधी

बेलबारी, चैत १७ । बेलबारीमा जारी प्रथम कोसी प्रदेश स्तरीय अन्तर पालिका उप मेयर कप क्रिकेट प्रतियोगिताको उपाधी भद्रपुर नगरपालिकाले हात पारेको छ । आज भएको फाईनल खेलमा विराटनगर महानगरलाई ९ रनले पछि पार्दै भद्रपुरले उपाधी सूरक्षित गरेको हो । टस जितेर पहिलो ब्याटिङ रोजेको भद्रपुरले १९.४ ओभर खेल्दै १० विकेटको क्षतिमा १६१ रनको योगफल बनायो । भद्रपुरको तर्फबाट सिद्धान्त कुमालले २९ बल खेल्दै सर्वाधिक ४४ रन बनाए भने फजर रेहेमानले २६ बल खेल्दै ३२ रनको योगफल बनाए । अन्य कसैले पनि १५ रन भन्दा बढिको योगदान टिमलाई दिन सकेनन । भद्रपुरको जितमा टिमको तर्फबाट बसन्त कोईरालेले ३.४ ओभर बलिङ गर्दै ४८ रन खर्चिएर ३ विकेट लिएका थिए ।

यता प्रतियोगिताको उप विजेता बनेको विराटनगर १९.५ ओभरमा १० विकेट गुमाउँदै १५१ रनमा समेटियो । विराटनगरका लागि कपिल मनोलाले १३ बल खेल्दै ३ छक्का र २ चौकाको मदतमा २८ रन जोडे भने अर्का खेलाडी दिपक पासवानले २६ बल खर्चिएर २७ रनको योगफल बनाए । बलिङ तर्फ भने विराटनगरका दिपेश काँडेल र अमन अलिले ३ ३ विकेट लिए ।

खेलको मेन अफ दि म्याच भद्रपुरका सिद्धथ कुमाल बनेका छने भने म्यान अफ दि सिरिज विराटनगरका दिपेश कँडेलले हात पारेका छन् । यता भद्रपुरका समिर कार्की बेस्ट ब्याटमेन अफ दि सिसिज बन्दा विराटनगरका अमन अली बेस्ट बलर अफ दि सिरिज बने । त्यस्तै बेलबारीका अनुराग खत्रीले उदयमान खेलाडी पुरस्कार पाएका छन् ।

प्रतियोगिताको विजेता भद्रपुर नगरपालिकाले १ लाख रुपैयाँ नगद पुरस्कारसहित ट्रफि र मेडल पाएका छन् भने उप विजेता बनेको विराटनगरले ट्रफि र मेडलसहित ५१ हजार १ सय ११ नगद पुरस्कार पाएको हो ।