देश फिचर न्यूज

प्रभु बैंकका डेपुटी सीईओ र पूर्वसीईओसहित १० जना प्रहरी नियन्त्रणमा

काठमाडौं, फागुन १५ । प्रभु बैंकका डेपुटी सीईओ र पूर्वसीईओसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले बैंकका डेपुटी सिईओ मनोज न्यौपाने र पूर्वसीईओ तुल्सीराम गौतमसहित १० जनालाई पक्राउ गरेको हो ।

बैंकिङ कसुरमा उनीहरूलाई राजधानीको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। कमसल सामान धितो राखेर उनी बैंकिङ कसुर गरेको उनीहरूमाथि अभियोग छ ।

उनीहरूलाई नेपाल राष्ट्र बैंकको आग्रहमा सीआईबीले पक्राउ गरेको हो । सीआईबीले गरेको अनुसन्धानका क्रममा तत्कालीन सेन्चुरी कमर्सियल बैंकका विभिन्न शाखाबाट कमसल धितो राखेर अनियमित रुपमा कम्तिमा दुई अर्ब कर्जा प्रवाह भएको फेला परेको छ ।

उनीहरुसँगै पक्राउ पर्ने अन्यमा हाल प्रभु बैंकमा कार्यरत् कर्मचारी दिलिप बराल, दिपेश प्रधान, रमण श्रेष्ठ र राजेश भण्डारी छन् । ४ जनाको भने नाम खुल्न बाँकी छ । थप केहीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुविरुद्ध राष्ट्र बैंक ऐन विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइने सीआईबीले जनाएको छ ।