अर्थ पूँजी बजार

अपर सोलु हाइड्रोको आइपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं, ३० असार । अपर सोलु हाइड्रोको आइपीओ आज बाँडफाँट भएको छ । जसमा १ लाख ८२ हजार ४७ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन् । जसमध्ये ५ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन् ।

कम्योपनीको आइपीओका लागी १४ लाख ४६ हजार ९८५ जनाले आवेदन दिएका थिए । जसमा १ हजार ७९१ जनाको आवेदन रद्द भएको थियो ।

कम्योपनीले असार २० गतेदेखि २३ गतेसम्म सर्वसाधारणका लागि १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरेको हो । नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।