अर्थ विजनेस

एक सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १८ भदौ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य बृद्धि आएको छ । प्रति तोलामा १०० रुपैयाँले बढी ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै तेजावी सुन पनि १०० रुपैयाँले बढेर ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रति तोलामा एक हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ ।