अर्थ विजनेस

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १७ भदौ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । प्रति तोलामा २०० रुपैयाँले घटी ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै तेजावी सुन पनि २०० रुपैयाँले घटेर ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्यसँगै चाँदीको मूल्य भने बढेको छ । प्रति तोलामा १० रुपैयाँले बढेर एक हजार २०५५ रुपैयाँमा कारोबार भइरहेको छ ।