फिचर न्यूज समाचार

बझाङका मतपेटिका संकलन, मतगणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी

काठमाडौं, बैशाख १६। शनिबार सम्पन्न उपनिर्वाचनमा बझाङका मतपेटिका मतगणना स्थल ल्याइएका छन्।

बझाङ प्रदेश सभा १ को १ मा सम्पन्न हिमाली क्षेत्रको मतपेटिका शनिबार नै ल्याउने तयारी भएपनि मौसम खराबीका कारण आज केही बेर अगाडि नेपाली सेनाको हेलिकप्टरमार्फत मतपेटिका सदरमुकाम चैनपुर ल्याएको निर्वाचन आयोगले जनाएको छ।

बझाङको साइपाल गाउँपालिकाका मतपेटिका ल्याउनका लागि सेनाको हेलिकप्टर पठाइएको थियो।

मतपेटिका ल्याइएको र अब केहीछिनमा सर्वदलीय बैठक बसेपछि मतगणना कार्य सुरू हुने आयोगले जनाएको छ।

बझाङमा भएको उपनिर्वाचनमा ४९.१२ प्रतिशत मतदान भएको थियो।

७४ वटा मतदानस्थलमा रहेका बझाङमा ९३ केन्द्रमा मतदान भएको थियो।