खेलकुद समाचार

हङकङविरूद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौं, वैशाख ८। एसिसी मेन्स प्रिमियर कप टी-२० क्रिकेटको तेस्रो स्थानका लागि हुने प्रतिस्पर्धामा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। 

ओमानको अल अमिरत स्टेडियममा नेपालले हङकङविरूद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। 

सेमिफाइनल खेलमा नेपाल शुक्रबार युएईसँग पराजित भएसँगै आज तेस्रो स्थानका लागि खेल्न लागेको हो। 

सेमिफाइनलमा पराजित भएसँगै एसिया कप गुमाइसकेको नेपालले आजको खेल जित्न सकेको अवस्थामा इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ। 

समूह चरणको खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको थियो। 

हङकङ विरूद्ध खेल्ने नेपाली टोलीमा कुनै परिवर्तन गरिएको छैन। 

नेपाली टिममा कप्तान रोहित पौडेल, कुशल भूर्तेल, आशिफ शेख, सन्दीप जोरा, गुल्सन झा, अभिनाश बोहरा, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, सोमपाल कामी र करण केसी छन्।