भदौ ५, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका छन् । हिजो बेलुकादेखि अध्यक्ष प्रचण्डलाई असजिलो भएका कारण घरमै आराम गरेर बसेको उनको सचिवालयले जानकारी दिएको छ ।
हिजो माओवादी केन्द्रका नेता बामदेव क्षेत्रीको पुस्तक विमोचनका क्रममा समेत अध्यक्ष प्रचण्डले आफूले अस्वस्थता महसुस गर्दागर्दै पनि कार्यक्रममा आएको बताएका थिए । आज रुघा, खोकी, ज्वरो देखिएपछि परीक्षण गरिएको थियो । कोरोना भाइरस सङ्क्रमणको समेत परीक्षण गरिएको तर कोरोना नेगेटिभ देखिएको सचिवालयले जनाएको छ ।
परीक्षण गरेका चिकित्सकले भाइरल ज्वरो आएको बताएकाले सामान्य औषधी खाएर घरमै आराम गरेर बसेका छन् ।अध्यक्ष प्रचण्डले अस्वस्थताकै कारण आज माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठसँग समेत भेटघाट गरेनन् ।
अहिलेका लागि सबै भेटघाट बन्द गरिएको उनको सचिवालयले बताएको छ ।