खेलकुद समाचार

एसीसी प्रिमियर कप : युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं, वैशाख ७। नेपालले आज एसिसी प्रिमियर कपको सेमिफाइनल खेल्दै। ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा नेपालले आज संयुक्त अरब इमिरेट्ससँग सेमिफाइनल खेल्दैछ र खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि सुरू हुनेछ।

नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने युएई समूह बी को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो।

नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप-२०२४ को पहिलो सेमिफाइनल खेलमा आज युएईसँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ भने टसमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । नेपालले साउदी अरेवियासँगको खेलबाट टोलीमा एक परिवर्तन गरेको छ । विश्राम पाएका सोमपाल कामी टोलीमा फर्किदा प्रतिश जि.सी बेन्चमा छन् ।

नेपालको प्लेइङ ११ :रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, र अभिनाश बोहरा ।

बेन्च : विवेक यादव, अनिल शाह र प्रतिश जि.सी

यूएईको प्लेइङ ११ :मोहम्मद वासिम (कप्तान), आयन खान, एलिशान शराफु, अली नासिर, आसिफ खान, बासिल हामिद, जुनैद सिद्दिक, मोहम्मद फारुक, मोहम्मद हैदर शाह, ओमैद रहमान, र विष्णु सुकुमारान ।

बेन्च : राहुल भाटिया, राजा अकिफ, टानिश सुरी