देश फिचर न्युज

बेलबारी नगरपालिका पुर्ण खोप सुनिश्चित नगर घोषणा

बेलबारी, चैत्र २९ । मोरङको बेलबारी नगरपालिका पुर्ण खोप सुनिश्चित नगर घोषणा भएको छ । ’स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले बिहिबार नगरपालिकामा आयोजित एक कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेको हो ।

सबै बालबालीकाले पुर्ण खोप पाउन भन्ने अभिप्रयाले नेपाल सरकारको स्वस्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेको स्वस्थ्य सेवा विभागले आर्थिक वर्ष २०६९/७० बाट पूर्ण खोप सुनिश्चितता अभियान प्ररम्भ गरेको हो । कुनै पनि पालिकालाई पूर्ण खोप पालिका घोषण गर्न स्थानीय स्वास्थ्य संस्था व्यवस्थापन समितिले उक्त पालिकामा रहेका १२ देखि २३ महिनाका सबै बालबालिकाले १ बर्षको उमेरभित्रैे सबै खोपको मात्रा पुरा गरेको हुनुपर्ने प्रवधान छ । बेलबारीको हकमा भने ९९ प्रतिशत बालबालीकाले पुर्ण खोप लगाएको तथ्यांकले देखाउँछ ।

खोप सुनिश्चितता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै बेलबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरण प्रसाद ढकालले नगरलाई पुण खोप सुनिश्चित गर्न अहोरात्र खटिएका स्वास्थ्यकर्मी तथा सरोकावालाहरुलाई बधाई दिए भने पुण खोप सुनिश्चित हुनुले समाजमा स्वास्थ्य मान्छेको उपलब्धता बढ्ने बताए ।

त्यस्तै बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राईले उत्साह र उमङ्गका साथ काम गरेकाले पूर्ण खोप बनाउन सकिएको र यसले निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न बताएका छन् ।

पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख सन्तोष विश्वकर्माले बताए ।

कार्यक्रम बेलबारी नगरपालिका खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका अध्यक्ष अजम्बर राईको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा साहयक जिल्ला अधिकारी प्रदिप साह, प्रदेश स्वास्थ्य निर्देशनालयका खोप अधिकृत भरत भण्डारी, नगरपालिकाका प्रमुख दिलप्रसाद राई, प्रमुख प्रशासकिय अधिकृत किरण प्रसाद ढकाल, इलाका प्रहरी कार्यलय बेलबारीका प्रमुख तेजप्रसाद दाहाल लागयतको उपस्थिति रहेको थियो । कार्यक्रम बेलबारी नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख सन्तोष विश्वकर्माले सञ्चालन गरेका थिए । कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चित गर्ने क्रममा अग्रपत्तिंमा रहेर काम गरेका स्वस्थ्यकर्मी तथा कर्मचारीलाई पालिकाले सम्मानसमेत गरेको थियो ।