अर्थ पूँजी बजार

इमर्जिङ्ग नेपालको आईपिओ बाँडफँट सम्पन्न, यसरी हेर्नुहोस् नतिजा

इमर्जिङ्ग नेपाल लिमिटेडको आईपिओ बाँडफाँट भएको छ। आईपिओ बुधबार दिउँसो ३ः३० बजे बाँडफाँट भएको आईपिओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जनाएको दिएको छ ।
कम्पनीले सर्वसाधारणका लागि माघ २६ गतेदेखि फागुन १ गतेसम्म ५ लाख ५५ हजार कित्ता आईपिओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । 
जसमध्ये ११ हजार ११२ कित्ता कर्मचारीहरूलाई, २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषहरूलाई र ५ लाख १६ हजार ७०८ कित्ता शेयर सर्वसाधारणलाई छुट्याइएको थियो।

नतिजा हेर्न https://iporesult.cdsc.com.np/ मा जान सक्नुहुनेछ ।