राजनीति

माधव नेपालको नयाँ पार्टी दर्ता, कति छन् सांसद् र केन्द्रीय सदस्य ?

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नयाँ पार्टी (नेकपा एमाले समाजवादी) पार्टी दर्ता भएको छ ।

निर्वाचन आयोगमा पार्टी दर्ता भएपछि केन्द्रीय सदस्य राजेन्द्र पाण्डेले सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीमा ९५ केन्द्रीय सदस्य र ३१ जना सांसद नयाँ पार्टीमा रहेको बताए ।

“हामिले ९५ जना केन्द्रीय सदस्य राखेका छौं भने संघीय संसदका ३१ जना सांसदहरू हुनुहुन्छ,” पाण्डेले भने ।

चुनाव चिह्न भने आज नतोकिएको पाण्डेले बताए । ‘चुनाव चिह्न अहिले तोकिएको छैन,’ पाण्डेले भने, ‘अलिकति छलफल गरेर निर्णय गरेर अघि बढ्छौं । कलम चिह्न लिएर अघि बढेको पार्टीसँग पनि हाम्रो एकता हुन सक्छ ।’