फिचर न्यूज भिडियो समाचार

भारतमा भएको कार दुर्घटनामा ६ जना नेपालीको मृत्यु (भिडियो)

काठमाडौं, भदौ ७ । । भारतको उत्तर प्रदेशमा शनिबार भएको कार दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ ।

उत्तर प्रदेशको श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा नेपालगञ्जको त्रिभुवन चोकका ६ जना नेपालीको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ । मृतक ६ जना दुई परिवारका रहेको जनाइएको छ ।

नेपालगञ्जको त्रिभुवन चोकका व्यावसायी सन्तोष कुमार गुप्ता, उनका दुई छोरा र एक छोरी र गुप्ताकै नातेदार हरि ओम मेडिकलका सञ्चालकका छोरा र छोरीको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कारका चालक गम्भीर घाइते भएका छन् । उत्तर प्रदेशबाट नेपालगञ्ज फर्किदै गर्दा सडक छेउको रुखमा ठोक्किएर दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भिडियोhttps://fb.watch/meT89KAyY7/?mibextid=Nif5oz