फिचर न्युज मनोरञ्जन

अभिनेता अनमोल केसी पक्राउ, पैसा लिएर फिल्म खेल्न अस्वीकार गरेको आरोप

काठमाडौं, असोज १२ । अभिनेता अनमोल केसी पक्राउ परेका छन् ।

रावायण नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएपछी उनलाई भक्तपुरको साँगाबाट आज साँझ साढे ५ बजे नियन्त्रणमा लिइएको एसपी रवीन्द्र रेग्मी जानकारी दिए ।

रावायण चलचित्र टिमकि चन्द्रकला कटवाल थापाले केसीकी फिल्म खेल्नका लागि १० लाख रुपैयाँ लगेको तर सम्झौता गर्न नमानेको भन्दै उजुरी दिएकी थिइन्। केसीले फिल्म नखेल्ने भनेर लगानी धरापमा परेपछि दशैंको मुखमा ६५ जना प्राविधिक समेत अलपत्र परेको उनको भनाइ छ ।