राजनीति

बाग्मतीमा विश्वासको मत लिने समय सार्न माग गर्दै एमालेले गर्याे सभामुखलाई पत्रचार

बाग्मती प्रदेश सरकारको नेतृत्व गरिरहेको एमालेले बिहीबारका लागि आह्वान गरेको प्रदेशसभाको बैठक सार्न सभामुखलाई पत्राचार गरेको छ ।  पार्टीका बाग्मती प्रदेशका मुख्य सचेतक दीपक निरौलाले प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ र प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई पत्र लेख्दै बैठक ११ कात्तिकका लागि सारिदिन आग्रह गरेका हुन् ।