राजनीति

वाग्मतीको मुख्यमन्त्री पदमा शाक्यको शपथ ग्रहण

भदौ २, हेटौँडा । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन्। प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले नेकपा (एमाले) की उपाध्यक्ष समेत रहेकी शाक्यलाई संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्।