पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय पुरुष फुटबलमा सर्वाधिक गोलको नयाँ कीर्तिमान बनाएका छन्।
रोनाल्डोको कीर्तिमानमा पोर्चुगलको जित
काठमाडौँ, १७ भदौ । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको विश्व कीर्तिमानसँगै पोर्चुगलले अन्तर्राष्ट्रिय खेलमा जित निकालेको छ । बुधबार राति भएको विश्वकप छनोट अन्तर्गत समूह ‘ए’ को खेलमा रोनाल्डोको कीर्तिमानी दुई गोलसहित पोर्चुगलले आयरल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।