समाचार

यस्तो पो रहेछ ठगी गर्ने मास्टर प्लान : नक्कली प्रहरी बनेर बिध्वंस

११ भदौ । इलाका प्रहरी कार्यालय पिपराले नक्कली प्रहरी बनेर व्यवसायी धम्काएकाे आरोपमा एक जनालाई पक्राउ गरेको छ । बाणगंगा नगरपालिका-४ सिद्धिपुर चोकको एक होटेल सञ्चालकलाई थर्काए बुद्धभूमी नगरपालिका-१० भगवानपुरका २५ वर्षीय आसिक अलि मुसलमानलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जानकारी दिए ।