राजनीति

एउटै जिल्लाबाट दुई मन्त्री 

काठमाडौं, १३ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ११ बजे सपथ खुवाउने पाँच मन्त्री मध्ये २ जना एउटै जिल्लाबाट प्रतिनिधित्व गर्ने अनुहार परेका छन् । 

पहिलो पटक मन्त्री हुन लागेका मेटमणि चौधरी र हिराचन्द्र केसी एउटै जिल्ला दाङबाट प्रतिनिधित्व गर्ने नवनियुक्त मन्त्री हुन । 


माधवकुमार नेपाल नेतृत्वको नेकपा एसबाट प्रतिनिधित्व गर्ने चौधरी दाङ–१ वाट र केसी दाङ–३ वाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । चौधरीले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाउँदा केसीले भने स्वास्थ्य राज्य मन्त्रीको जिम्मेवारी पाएका छन् । 
एउटै जिल्लाबाट दुई जनालाई मन्त्री बनाएको भन्दै नेकपा एसका निवर्तमान मन्त्रीहरूले आपत्ति जनाएपनि अन्ततः पार्टीको निर्णय अनुसार उनीहरूले आज सपथ लिन लागेका हुन ।