मोरङको केराबारी गाउँपालिका प्रमुख रोहित बहादुर कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
कोभिडका लक्षण देखिएपछि मंगलबार बिराट मेडिकल कलेज विराटनगरमा गरेको स्वाब परीक्षणमा अध्यक्ष कार्कीलाई संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएसँगै उनी चिकित्सकको परामर्शमा होम आइसोलेसनमा बसेका छन् ।
बुधवार सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै आफूसँग सम्पर्कमा आएकाहरूलाई सतर्क रहन अध्यक्ष कार्कीले अनुरोध गरेका छन् ।
उनले भने ‘सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण, आत्मालोचना छु । लक्षणले ग्रस्तपछि बिराट मेडिकल कलेज विराटनगर अस्पतालमा सिपिआर हिजोको रिपोर्ट पोजेटिभ । चिकित्सक परामर्शमा तागतको औषधि र होम आइसोलेसन । एक सत्ता पछि पुन आफ्नो काममा फर्किने छु । म सङ सम्पर्कमा रहनुहुने सम्पूर्णमा सावधानी अपनाउनु हुन विनम्र अनुरोध छ । भेट र सम्पर्क असुविधाप्रति सबैसँग बिनम्रतापुर्वक क्षमा चाहन्छु ।
