काठमाडौं, १८ भदौ । आर्थिक पत्रकारहरूको साझा छाता संगठन आर्थिक पत्रकार समाज (सेजन) नेपालको नयाँ नेतृत्वका लागि आज (शुक्रबार) निर्वाचन हुँदैछ ।
भोलि हुने २२औँ साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वका लागि आजै उम्मेदवारी मनोनयन भएको छ । नयाँ नेतृत्वका लागि अध्यक्षमा जनार्दन बराल, आशिष ज्ञवाली र शिरोमणि ढुंगाना मैदानमा छन् । यस्तै, उपाध्यक्षमा सुजन ओली र कृष्ण रिजाल, महासचिवमा भागवत भट्टराई र विनय बन्जरा, सचिवमा हिमाल पौडेल, हिमा बि.क. र एलिजा उप्रेती तथा कोषाध्यक्षमा लक्ष्मी सापकोटा, कमला आर्याल र सुजन ढुंगानाले उम्मेदवारी दिएका छन् ।
पाँच सदस्यका लागि छ जनाको उम्मेदवारी परेको छ । सदस्यमा सीबी अधिकारी, अच्युत पुरी, अमर बडुवाल, सोभित थपलिया, इशारा कोइराला र शंकर पण्डित रहेका छन् ।
बन्दसत्रपछि शुक्रबार ११ बजेपछि इन्द्रेणी फुडल्याण्ड नयाँ बानेश्वरमा निर्वाचन हुने सेजनका अध्यक्ष भीम गौतमले जानकारी दिए । सेजनमा २६८ जना साधारण सदस्य छन् ।