अर्थ विजनेस

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १६ भदौ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । प्रति तोलामा २०० रुपैयाँले घटी ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

तेजावी सुनको मूल्य ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ । प्रति तोलामा १० रुपैयाँले घटी एक हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ ।