शिक्षा-स्वास्थ्य

कोरोना अपडेट : एक हजार ५७७ संक्रमित थपिए, २५ जनाको मृत्यु

काठमाडौं, ११ भदौ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५७७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७५२ पीसीआर परीक्षणमा शुक्रबार थप १ हजार ५७७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ३६५ परीक्षणबाट ४८८ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १३ हजार ११७ परीक्षणमा २ हजार ६५ जनामा संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा थप २ हजार ३३७ जना संक्रमणमुक्त भएका छन् भने थप २५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ६६३ पुगेको छ ।