न्याय-अन्याय

इँटा भट्टामा जिउँदै मानिस जलाउने आलमको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं, ११ भदौ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दामा सार्वोच्च अदालतमा आज सुनुवा हुँदैछ ।न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा आज सुनुवाइ हुन लागेको हो ।

यस अघि रौतहटको इँटा भट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा जिल्ला अदालत र उच्च अदालतले आलमलाई पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको थियो । २०७६ असोज २६ मा पक्राउ परेका आलमले उक्त आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।