राजनीति

ओलीलाई अल्टिमेटम दिएका नेताहरु पुगे ओली निवासमै

भदौ ७, काठमाडौं । १० बुँदे सहमति कार्यान्वयन गर्नका लागि अल्टिमेटम दिएका नेकपा एमालेका नेताहरु अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निजि निवास बालकोट पुगेका छन् ।

बालकोट पुग्ने नेताहरुमा नेकपा एकालेका उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट लगायतका नेताहरु रहेका छन् ।

लामो समय माधवकुमार नेपाल समूहमा रहेका, तर नयाँ पार्टीमा नगएका उनीहरुले भोलि निर्वाचन आयोगमा माधवकुमार नेपाल समूहको नयाँ पार्टीका नेताहरुले सनाखत गर्नुअघि नै २७ असारमा भएको १०बुँदे सहमति अक्षरश कार्यान्वयन गर्न माग गरेका छन् ।

अध्यक्ष ओली पक्षका नेताहरुले भने १० बुँदे कार्यान्वयनमा गइसकेको बताएका छन् ।