देश यातायात समाचार

लाइसेन्सको ट्रायल खुलाउने तयारीमा यातायात विभाग, कहिलेबाट सुरु ?

भदौ ४, काठमाडौँ । सवारी चालक अनुमति पत्र लाइसेन्सको ट्रायल अर्को हप्तादेखि खुलाउने तयारी शुरु भएको छ ।

यातायात व्यवस्था विभागले अर्को हप्तादेखि लाइसेन्सको ट्रायल खुलाउने तयारी गरेको हो ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० सकारात्मक देखिएपछि विभागले ट्रायल खुलाउने तयारी गरेको हो ।

विभागले वैशाख १६ गतेदेखि ट्रायल परीक्षा स्थगित गरेको थियो। मंगलबार गरेको विभागको सिफारिसमा सीसीएमसी सकरात्मक देखियपछि ट्रायलको तयारी शुरु भएको हो ।

स्वास्थ्य मापदण्ड अनुरुप सवारी लाइसेन्स परिक्षाको ट्रायल खुलाउन सीसीएमसी तयार रहेको विभागले जनाएको छ ।