देश

सोमबार बागमती प्रदेशभर सर्वजनिक बिदा दिने सरकारको निर्णय

भदौ ३, काठमाडौं । बागमती प्रदेश सरकारले आगामी भदौ ७ गते सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहिबार एक विज्ञप्ति जारी गर्दै भदौ ७ गते गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख गरेको छ ।

प्रदेशभित्र महत्त्वका साथ मनाइने पर्व भएकाले गाईजात्राका दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

राजा प्रताप मल्लले पुत्रवियोगमा रहेकी आफ्नी रानीलाई वियोगबाट पार लगाउन गाई जात्रा पर्व सुरु गरेको मानिन्छ ।
गाईजात्रा पर्वले मानिसहरुलाई कृषि र प्रकृतिसँग पनि जोड्ने गरिएको विश्वासका साथ यो पर्व विषेश गरि नेवार समुदायले मनाउने गरेका छन् ।