शिक्षा-स्वास्थ्य

केराबारीमा एसईईका लागि दुई परिक्षाकेन्द्र निर्धारण

केराबारी, चैत ५ । मोरंगको केराबारी गाउँपालिकामा एसईई परिक्षाका लागि दुई ओटा परिक्षा केन्द्र निर्धारण गरिएको छ।

खदम खोला वारी र पारीको भूगोललाई आधार मानी २ ओटा परिक्षा केन्द्र निर्धारण गरिएको हो । यस वर्षको एसईई परिक्षा चैत्र १५ गतेदेखि संञ्चालन हुँदैछ । केराबारीबाट यस वर्ष ४ संस्थागत विद्यालय र ८ सामुदायिक विद्यालय गरी १२ ओटा माध्यमिक विद्यायका ३ सय ७९ विद्यार्थीले एसईई परिक्षा दिनेभएका छन् । श्री सार्वजनिक मावि केराबारी ७ को परिक्षा केन्द्रको ठाउँमा केराबारी ५ को श्री सावित्री मवि र केराबारी ८ को मच्छिन्द्र मावि परिक्षा केन्द्र तोकिएको हो ।