समाचार

केराबारीको डाडाँगाउँमा आगलागि

केराबारी, फागुन २७ । केराबारी गाउँपालिका वडा नं.१ को डाडाँगाउँमा शनिबार साझ आगलागिबाट एउटा घर जलेको छ ।
घरको विधुत सर्ट भई आगलागि हुँदा शेरवहादुर लिम्बूको दुइतले काठको टिनाको छानो भएको घर एउटा गोठ र भान्छा घर जलेर नष्ट भएको हो ।
आगलागिका कारण घरधनि शेरवहादुर लिम्बूको ८९ वर्षिय श्रीमति घाइते भएकी स्थानीयले बताएका छन् । आगलागिबाट घरमा भएको८ तोला सुन,१० तोला चाँदी,७ लाख नगद लत्ताकपडा सहित ३० लाख वढी क्षति भएको वताइएको छ ।

साझ ५ बजेतिर आगलागि भएपनि प्रहरी स्थानीयवासीको प्रयासमा ७ बजेतिर आगो नियन्त्रणम आएको बताइएको छ।