शिक्षा-स्वास्थ्य

केराबारीका किशोर किशोरीलाई लोकसेवा तयारी कक्षा

केराबारी, फागुन १६ । मोरंगको केराबारी गाउँपालिकाले किशोर किशोरीलाई लक्षित गरी ४५ निशुल्क लोक सेवा तयारी कक्षा सुरु गरेको छ।

उर्जा सामुदायिक संस्था सुन्दरहरैचा मोरङको आयोजना तथा केराबारी गाउँपालिकाको आर्थिक सहयोगमा मंगलबारबाट कक्षा शुरु गरिएको हो। लोकसेवा तयारी कक्षा गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ्ग मगरको प्रमुख आतिथ्यता र उपाध्यक्ष मनमाया मगरको विशिष्ट आतिथ्यतामा ,प्रवक्ता नाराणण भूजेल कार्यपालिका सदस्य गंगा लिम्बू लगायतको उपस्थितीमा अध्यक्ष मगरले उद्घाटन गर्नुभएको हो ।

४५ दिन सम्म चल्ने सो कक्षामा केराबारी गाउँपालिका क्षेत्र भित्रका २५ जना किशोर किशोरीहरुले सहभागिता जनाउने र लोकसेवा तयारी गराईने जनाईएको छ।