अर्थ

कार्यसम्पादन मूल्यांकनमा मोरङकै पहिलो बन्यो केराबारी

केराबारी, फागुन ११ । कार्यसम्पादन मुल्यांकनको आाधारमा मोरङका १७ स्थानीय तह मध्य केराबारी गाउँपालिका पहिलो भएको छ ।

जिल्लामा रहेका १७ वटा स्थानीय तहमध्य केराबारी गाउँपालिकाले सबैभन्दा धेरै ४२ दशमलव ७ अंक प्राप्त गर्दै केराबारी गाउँपालिका मोरङ्गमा पहिलो भएको हो।

राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले स्थानीय तह कार्यसम्पादन मुल्यांकनको प्रारम्भिक नतिजा सार्वजनिक गर्दा केराबारी पहिलो भएको हो । आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मुल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मुल्यांकन गरेको छ।

जसमा बजेटको सिमा, खर्चको समयसिमा आयव्यायको प्रक्षेपण, बजेट सार्वजनिक तथा पारित, आय व्ययको प्रक्षेपण पुष मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे , नगरेको, बजेटको बार्षिक समिक्षा सार्वजनिक गरे बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली, सूत्रको प्रयोग जस्ता विभिन्न सूचकहरूका आधार मुल्यांकन गर्दा केराबारी यस पटक प्रथम बन्न सफल भएको हो ।

त्यस्तै, आवधिक योजना तर्जुमा अवस्था, कक्षा १ देखि ८ सम्म खुद बिद्यार्थी भर्ना दर, कक्षा–८ को तुलनामा कक्षा–९ मा बिद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १ दशमलव ६ भन्दा वा सो भन्दा उच्च जिपिए प्राप्त गरेका बिद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य सँस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपातलगायतका सूचकहरू छन्।

यस्तै मोरंगका विभिन्न स्वास्थ्य संस्थाहरु मध्ये केराबारी स्वास्थ्य कार्यालय पनि दोश्रो भएको छ । जिल्लामा रहेका विभिन्न स्वास्थ्य संस्थाहरुले गरेका वार्षिक कार्यक्रम खोप संञ्चालन तथा व्यवस्थापन लगायत विभिन्न सुचकहरुको आधारमा गत वर्ष १५ औं स्थानमा रहेको केराबारी गाउँपालिका यस वर्ष दोश्रो स्थानमा आएको गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगरले बताईन् ।
यसको सम्पुर्ण श्रेय केराबारीको स्थानीय तहका अंगहरु भएको ताउदै आगामी दिनमा अझ सबैको साथ सहयोगको अपेक्षा राख्दै सोही अनुसार कार्यसम्पादनमा लाग्न अनुरोध गर्नुभयो ।

यस्तै नगरपालिका तर्फबाट ८ नगरपालिका १ उपमहानगरपालिका मध्ये ३५ दशमलव १८अंक प्राप्त गर्दै उर्लाबारी नगरपालिका पहिलो भएको छ ।

मोरङका बिराटनगर महानगरपालिकाको ३२दशमलव ८५, रंगेली नगरपालिकाको ३२दशमलव ४२, बुढिगंगा गाउँपालिकाको ३२ दशमलव १८, ग्रामथान गाउँपालिकाको ३१ दशमलव ३१, सुन्दरहरँैचा नगरपालिकाको ३० दशमलव ९२, कटहरी गाउँपालिकाको २९ दशमलव ९३, सुनवर्षी नगरपालिकाको २९ दशमलव ७९, बेलबारी नगरपालिकाको २९ दशमलव २४ अंक प्राप्त भएको छ।

यस्तै, रतुवामाई नगरपालिकाको २७ दशमलव ७१, पथरीशनिश्चरे नगरपालिकाको २७ दशमलव ४६, मिक्लाजुङ गाउँपालिकाको २६ दशमलव ५५, लेटाङ नगरपालिकाको २४ दशमलव २२, कानेपोखरी गाउँपालिकाको २३ दशमलव ४४, धनपालथान गाउँपालिकाको २२ दशमलव ८ र जहदा गाउँपालिकाको १८ दशमलव ४० अंक प्राप्त भएको छ ।