समाचार

दुर्घट्ना न्युनिकरण बारे ट्राफिक सचेतना जगाउँदै केराबारीको ट्राफिक प्रहरी

केराबारी, माघ १५ । केराबारीमा वढ्दो सवारी दुर्घट्ना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनबारे जनचेतना जगाउँने उदेश्यले केराबारी ट्राफिक प्रहरीले यतिबेला विद्यालय स्तरीय प्रशिक्षण कार्यक्रमलाई तिब्रता दिएको छ ।

सवारी चालक आम समुदाय र विद्यार्थीहरुलाई लक्षित गरी केराबारी ट्राफिक प्रहरीले सचेतना कार्यक्रमलाई तिब्रता दिएको हो । केही समय अघि टिपर ट्याक्टर र मोटरसाइकलका चालहरुलाई सवारी साधन चलाएको ठाउँमा ट्राफिक व्यवस्थापन सम्बन्धि जानकारी गराउदै आएको थियो ।

यदपी अहिले बजारमा हेलमेट नलगाई हिड्ने,सवारी अनुमति विना सवारी चलाउने,तिब्र गतिमा मोटरसाइकल चलाउने,मोटरसाइकालमा ३ जना भन्दा वढी सवार गर्ने क्रम नघटेपछि अस्थाई ट्राफिक प्रहरी कार्यलय केराबारीले समुदाय स्तर र विद्यालय स्तरमा सचेतना कार्यक्रमलाई जोड दिदै प्रशिक्षण कार्यक्रम तिब्र बनाएको हो ।

यसैक्रममा केयु एकेडेमीका कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरुलाई आज ट्राफिक नियम,सडक दुर्घट्ना बाट जोगिन सचेतना कार्यक्रम आयोजना गरेको छ । यस अघि ट्राफिक प्रहरी केराबारीले सडक दुर्घट्ना न्युनिकरणसंगै फेवा सेकेण्डरी ईग्लिस बोर्डिंग स्कुल,मच्छिन्द्र मावि,मुगु आविका विद्यार्थीहरुलाई ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको ट्राफिक प्रहरी हवल्दार खेम प्रसाईले बताउँनुभयो ।