समाचार

केराबारीमा पहिलो पटक मनाइयो भूकम्प सुरक्षा दिवस

केराबारी, माघ २ । स्थानीय श्रोत र प्रविधि समेतको प्रयोग गरौं,भुकम्प थेग्ने संरचना बनाऔं भन्ने मुल नाराका साथ केराबारीमा पहिलो पटक मंगलबार २६ औं भूकम्प सुरक्षा दिवस मनाइएको छ ।

केराबारी गाउँपालिकालाई भुकम्प प्रतिरोधी र प्रविधिमैत्री पालिकाको रुपमा चिनाउँदै भुकम्प प्रतिरोधी घर निर्माण गर्ने सन्देश दिने उदेश्यका साथ पहिलो पटक भुकम्प सुरक्षा दिवस मनाइएको हो ।

केराबारी गाउँपालिकामा निर्माण भएका अधिकांस घर तथा भौतिक संरचना भुकम्पीय सुरक्षा र प्रविधिलाई मध्यनजर गरी घर निर्माण नभइरहेको पाइएकोले भुकम्प प्रतिरोधी र प्रविधिमैत्री पालिकाको रुपमा चिनाउँने लक्ष्यका साथ यस पटक विज्ञ टोली ल्याई कार्यक्रम सुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठले बताउनुभयो ।

भुकम्प सुरक्षा दिवसको अवसर पारेर गाउँपालिकाले आयोजना गरेको सो कार्यक्रम अघि मच्छिन्द्र मावि,फेवा सेकेण्डरी बोर्डिङ स्कुल र केयु एकेडेमीका विद्यार्थीहरु जनप्रतिनीधि,पालिकाका कर्मचारी , स्थानीय सामाजिक संघसंस्थाका प्रतिनीधि सहित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनीधिहरु सुरक्षाकर्मी लगायतको उपस्थितीमा र्याली समेत सहभागि थिए ।

घर बनाउदा लिनु है इन्जिनियरको सल्लाह,नत्र पछि भुकम्पले बनाई देला डल्ला,पुरानो घरको गरौं सुदृढिकरण हुन्छ है भुकम्पिय डरको कारण,भुकम्पले गर्दा जादैन है ज्यान,सुरक्षित भवन बनाउन लिइ राखौं ज्ञान जस्ता नारा लगाउदै र्यालीले मच्छिन्द्र चोकदेखि प्रतिभा टोल,हिमालयटोल लखनमार्ग वर्षाचोक परिक्रमा गर्दै हजारविघा सामुदायिक वन समुहको सभाहलमा समापन भएको थियो ।

र्याली पश्चात म भुकम्प प्रतिरोधी भौतिक संरचना मात्र निर्माण गर्दछु भन्ने प्रतिवद्धता सहित हस्ताक्षर संकलन गरिएको छ । र्यालीपश्चात कार्यक्रममा मनमोहन प्राविधिक विश्वविद्यालयका प्राध्यापक तथा डा.डिन प्रचण्डमान प्रधानले सहजीकरण गर्नुभएको सो कार्यक्रममा झण्डै ३ सय जतिको सहभागिता रहेको थियो ।

कार्यक्रममा गाउँपालिका उपप्रमुख मनमाया मगरले शुभकामना दिनुहुँदै सुरक्षित घर निर्माण गरी भुकम्पको जोखिमबाट बच्न सबै केराबारीवासी एकजुट हुनुपर्ने बताउनुभयो । त्यसैगरी कार्यक्रम केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगरले पनि गाउँपालिकाले लिएको भुकम्प प्रतिरोधि प्रविधि मैत्री पालिका निर्माण गर्ने अभियानमा सबैलाई लाग्न अनुरोध गर्दै यस्ता कार्यक्रमले जनतामा भुकम्पिय जोखिमबाट कसरी बच्ने ? कसरी सुरक्षित हुने जस्ता कुराहरुको ज्ञान मिलेको बताउनुभयो ।