अर्थ स्थानीय तह

आगामी आर्थिक वार्षकालागि केराबारीको बजेट ७८करोड ४० लाख ४४ हजार

केराबारी, असार ११ । केराबारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि ७८ करोड ४० लाख ४४ हजार रुपैया बजेट ल्याएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगरले आर्थिक वर्ष २०८१र८२ का लागि आइतबार १४ औं गाउँसभामा बजेट प्रस्तुत गरेकी हुन् ।बजेटमा गाउँपालिकाले ल्याएको बजेटमा संघिय सरकारबाट ३३ करोड १३ लाख ९ हजार प्रदेश सरकार अनुदान २४ करोड ८० लाख २ हजार राजस्व भाडफाडबाट २० करोड ७० लाख ५० हजार आन्तरीक श्रोत बाट ६ करोड ८२ लाख ८३ हजार रुपैया सहित जिसस अनुदान १करोड ६० लाख ,लागत सहभागिता २० लाख ,सामाजिक सुरक्षाबाट १३ करोड रकम जम्मा हुने लक्ष्य राखिएको छ ।

गाउँपालिकाले आगामी आवको लागि कार्यालय संञ्चालनका लागि चालु खर्च तर्फ १३ करोड ५० लाख रुपैया, सामाजिक सुरक्षा खर्चका लागि १३ करोड रुपैयाँ खर्च हुने गरी विनियोजन गरेको छ

यस्तै कार्यलय संञ्चालन तथा प्रशासनिक खर्चमा पूजीगत तर्फ कार्यलय संञ्चालन खर्च बापत २ करोड, बजेट बिनियोजन गरेको छ ।
पूर्वाधार विकासमा ३३ करोड ६३ लाख ४२ हजार रुपैया बजेट विनियोजन गरेको छ । सो बजेट बहुवर्षे आयोजना, अन्य आयोजना क्रमागत योजनाहरुमा खर्च गर्ने गरी बिनियोजन गरिएको हो ।

गाउँसभाले सामाजिक विकासतर्फ४ करोड २३ लाख ५० हजार रुपैया विनियोजन गरेको छ । शिक्षा स्वास्थ्य महिला तथा बालबालिका न्यायिक समिति खेलकुद दलित लक्षित कार्यक्रम मार्फत खर्च गर्ने गरी विनियोजन गरेको हो । आर्थिक विकास तर्फ २ करोड २० लाख सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रको लागि १ करोड २८ लाख बजेट छुट्याएको छ ।

गाउँपालिकाले आन्तरीक श्रोतबाट ६ करोड ८२ लाख ८३ हजार रुपैयाँ उठाउने लक्ष्य राखेको छ । यस्तै राजस्व स्रोतमा संघिय राजस्वमा ११ करोड ९० लाख प्रदेश राजस्व बाडफाड सवारी साधन शुल्क ६० लाख,स्थानीय राजस्व दशत्तरबहत्तर शुल्क मार्फत ८ करोड सहित २० करोड ७० लाख ५० हजार रुपैया संकलन गर्ने अनुमान गरेको छ ।

यसवर्ष वडाको शिलिंग बजेट अन्र्तगत सबैभन्दा कम वडा नं.१० र सबैभन्दा बढी वडा नं.९ मा छुट्याएको छ । जस अन्र्तगत वडा नं.९ का लागि यस वर्ष विभिन्न शिर्षकमा खर्च हुने गरी ५० लाख ५३ हजार बजेट विनियोजन गरेको छ । वडा नं. १० मा सबैभन्दा कम ४९ लाख २४ हजार रुपैया बजेट विनियोजन भएको छ ।

यसवाहेक वडा नं.१,२र ३ मा समान ५० लाख २९ हजार,वडा नं.४,५र ६ मा समान ५० लाख ३ हजार,वडा नं.७ मा ४९ लाख ५० हजार र वडा नं.८ मा ४९ लाख ७७ हजार रुपैया बजेट विनियोजन भएको छ ।