समाचार स्थानीय तह

केराबारी ९ मा अस्थाई प्रहरीचौकी उद्घाटन

केराबारी, जेठ ११ । मोरंगको केराबारी ९ मा शुक्रबार अस्थाई प्रहरी चौकीको उद्घाटन गरिएको छ । प्रदेश प्रहरी कार्यालका प्रहरी बरिष्ठ उपरिक्षक(एसएसपी) जयराज सापकोटाले केराबारीको ९ को भलुवामा स्थापना गरिएको अस्थाई प्रहरी चौकीको उद्घाटन् गर्नुभएको हो ।

केराबारी गाउँपालिका वडा नं.९ का वडाध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष मनमाया मगर सहित प्रथम केराबारी गाउँपालिका निवर्तमान अध्यक्ष रोहित कार्की लगायत स्थानीयवासीहरुको पहलमा प्रहरी चौकी माग भएको र एसएसपी सापकोटाको विशेष पहलमा केही महिना अघि प्रहरी चौकी राखिएको थियो । स्थानीयवासीले प्रहरी चौकी बस्ने भवन र जग्गा उषलब्ध गराएपछि शुक्रबार कार्यालय उद्घाटन गरिएको हो ।

कार्यालय उद्घाटन गर्नुहुदै प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) सापकोटाले वडा नं. २ मा पनि अस्थाई प्रहरी कार्यालय आवश्यक रहेको र चाडै नै प्रहरी विट संञ्चालनमा ल्याउने गरी तयारी भइरहेको बताउँनुभयो ।

प्रहरी चौकीको स्थापना संगै केराबारी ९, बेलबारी १ को आसपासमा क्षेत्रमा स्थानीयलाई शान्ति सुरक्षामा केही सहज हुने भएको छ । सिंगो पालिकाको आधा भूगोल पहाडी क्षेत्रमा रहेको र यातायात,बाटो,श्रोत साधन अभावका कारण केराबारीका पहाडी क्षेत्रमा सुरक्षा व्यवस्थामा चूनौति थपिरहेका बेला अस्थाई प्रहरी चौकी स्थापना संगै स्थानीयवासीलाई शान्ति सुरक्षामा राहत पुग्ने वडा नं.९ का वडाध्क्ष गोपाल याखाले बताउँनुभयो ।

कार्यक्रममा वडाध्यक्ष याखाले सवारी साधनको व्यवस्थापन संगै भौतिक संरचनाको व्यवस्थापन गर्नुपर्नेमा जोड बताउदै ३कठा जग्गा उपलब्ध गराएपछि भवन निर्माणको काम सुरु गरिने वडाध्यक्ष याखाले बताउनुभयो । विभिन्न सामाजिक संघसंस्थाहरु मार्फत भइरहेको सहयोग लागि धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा गाउँँपालिका अध्यक्ष सुमन मिरिंगचिंग र मनमाया मगरले अस्थाई प्रहरी चौकीको उद्घाटन संगै केराबारीको शान्ति सुरक्षामा थप टेवा पुग्ने विश्वास व्यक्तगर्नुभएको थियो ।

प्रहरी चौकी उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष सुमन मिरिंगचिंग मगर, उपाध्यक्ष मनमाया मगर,मोरग प्रहरीका एसपी नवराज कार्की,सहायक प्रजिअ प्रदिप साह, इप्रका बेलबारीका प्रहरी निरीक्षक तेजप्रसाद दाहाल,वडाध्यक्षहरु प्रेम लिम्बू,गोपाल याखा, बेलबारी नपा १ का वडाध्यक्ष मणिपुलामी मगर लगायत स्थानीय समाजसेवी जनप्रतिनीधिहरुहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम कार्यलय व्यवस्थापन सहजीकरण समितिका संयोजक इस्त्रीप्रसाद चापागाईको अध्यक्षमा सम्पन्न भएको थियो ।