राजनीति स्थानीय तह

केराबारीले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

केराबारी, जेठ ४ । केराबारी गाउँपालिकाले आर्थिक वर्ष २०८१,८२ को नीति तथा कार्यक्रम र बजेटलाई नागरिक केन्द्रित तथा सहभागितामा आधारित बनाउन सुझाव मागेको छ ।

स्थानीय सरकारले बनाउने नीति तथा कार्यक्रम समावेशी र जनचाहना अनुसारको बनाउन सकियोस भन्ने अभिप्रायका साथ स्थानीय नागरिक समाज,वुद्धिजीवि,सरोकारवाल सबैलाई समेट्न यो विधि अपनाइएको गाउँपालिकाले जनाएको छ ।

पालिकाले आ.व.०८०,०८१ का लागि के कस्तो कार्यक्रम र योजना समावेश गर्न सकिन्छ भन्ने अभिप्रायले जेष्ठ १० गतेभित्र राय सुझाव पेश गर्न सार्वजनिक सूचना आव्हान गरेका हुन् । केराबारी गाउँपालिकाको कार्यालय,योजना शाखा वा अफिसियल पेज वा yojana.kerabari@gmail.com इमेलमा राय सुझाव पठाउन सकिने पालिकाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।