खेलकुद स्थानीय तह

प्रथम पानबारी गोल्डकपको उपाधि केराबारी एफसीलाई

केराबारी, बैशाख २९ । धरानको पानबारीमा जारी प्रथम पानबारी गोल्डकपको उपाधि केराबारीले हात पारेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा सिसिडिआईसी धनकुटालाई ०(२ गोल अन्तरले हराउदै उपाधि माथी कब्जा जमाएको हो । उपाधि संगै केराबारी एफसीले १ लाख ११ हजार १ सय ११ रुपैया नगद सहित टफि मेडल र प्रमाण पत्र हात पारेको छ ।

विजयी संगै केराबारीका भुवन वस्नेत हाइ स्कोरर र सहित म्यान अफ द म्याच घोषित भए । वेश्ट मिड फिल्ड केराबारीकै अनिस मगर,वेष्ट गोल्डकिपर आयुस योंगहांग भएका छन् । उपविजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयामा चित्त वुझाएको छ ।