समाचार

डाँगी मुगु खानेपानीको १८ औं वार्षिकोत्सव सम्पन्न

केराबारी, चैत्र १७ । केराबारी ७ मा रहेको डाँगी मुगु खानेपानी उपभोक्ता तथा सरसफाई समितिको १८ औं वार्षिक साधरण सभा शनिबार सम्पन्न भएको छ ।

केराबारी ७ नम्बर वडा कार्यालयको प्रागंणमा सम्पन्न साधरण सभामा समितिका अध्यक्ष किशोर कुमार राईले समिति निर्वाचित भएर आएको १ वर्षे कार्यकालमा भए गरेका प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो । समितिले आर्थिक वर्ष ०७९,०८० सम्म १ सार्वज्निक , २ ओटा विद्यालय र ६०९ ओटा नीजि धारा मार्फत केराबारीको ६ र ७ सहितका झण्डै ३ हजार जनसंख्यालाई पानीको आपूर्ती गरिरहेको बताएका छन् ।

०४९,५० साल सम्म पानीको अभाव हुँदा साविक केराबारी ६,र ८ का उपाभोक्ताहरु पानी खोज्न एकाविहानै खदम खोला मुगु खोलाबाट डोको र गाग्रीमा बोकेर पानी ल्याउनुपर्ने वाध्यताका विच २०४९ साल तिर दल वहादुर थापाको अध्यक्षतामा डागी मुगु खानेपानी सरसफाई समिति गठन गरी सार्वजनिक मावि र मुगु निमाविमा एक एक सहित २५ ओटा सामुदायिक धारा मार्फत पानी वितरण गरिदै आएको समितिका अध्यक्ष किशोर राईले बताए ।

पछि वस्ती विस्तार जनसंख्या बृद्धिका  कारण २०५९ सालमा श्री डम्बरु प्रसाद बरालको छोरी लिला बराल, कल्पना बराल निधिराज बरालको नाममा १० धुर जग्गा प्राप्त भएपछि ९० हजार लिटरको ट्यांकी निर्माण गरी ७ ओटा निजि धारा जडान सुरु गरिएको थियो । त्यसपछि हाल सम्म निजि धारा जडान गर्ने उपभोक्ताहरु ६०९ जना पुगेको राईले बताए ।

विभिन्न समयमा बाढी पहिरोका कारण खानेपानीको इन्टेक लगायत पाइपलाइन क्षतविक्षत बनाएको र नेपाल सरकार खानेपानी डिभिजन कार्यालय स्थानीय उपभोक्ताहरुको अथक प्रयास र श्रम र लगानीमा शुद्ध दिगो खानेपानी आपूर्तीलाई सहज बनाउदै लगिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

समितिले निर्वाचित भएको  पहिलो १ वर्षसम्म आइपुग्दा निजी धारा जडान मर्मत कोष बापत उपभोक्ताले लिइएको ३००० रुपैया रकम पनि ५८४ उपभोक्ता मार्फत १७ लाख ५२ हजार रुपैया फिर्ता गरिएको र २० लाख रुपैया वढी रकम बैंकमा नगद जम्मा भएको जनाउदै समितिले आ.व ०७९,८० को को असार मसान्त सम्म ६५ लाख १६ हजार ४ सय ८८ रुपैया  आम्दानी. खर्चको प्रतिवेदन पारित गरेको छ ।  १५ लाख रुपैया आम्दानी र खर्च हुने अनुमानित आय समेत पेश गरेको छ।

केराबारी गाउँपालिकाको उपाध्यक्ष मनमाया मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा बोल्नदै प्रमुअ अतिथी मगरले पानीको समस्या समग्र केराबारी भरी उस्तै रहेको र सो समस्याको समाधान वृहत खानेपानी आयोजना मार्फत हुने विश्वास व्यक्त गर्दै समितिले गरेको राम्रो कामको लागि धन्यवाद दिनुभयो ।

वडासदस्य शोकवहादुर वस्नेत,कोपिला मगर, वृहत खानेपानी उपभोक्ता समितिका अध्यक्ष कालिका गुरागाई,फाल्गुनन्द मिङसो माङ्हिमका अध्यक्ष अम्किा प्रसाद लिम्बू, सार्वजनिक माविका प्रअ युवराज राई, जग्गादाता भक्तवहादुर बस्नेत, लगायतको आतिथ्यता रहेको सो कार्यक्रममा संस्थाका उपाध्यक्ष लालवहादुर बस्नेतले स्वागत मन्तब्य र प्रमुख अतिथी मनमाया मगर,वृहत खानेपानीका अध्यक्ष कालिका गुरागाई र वडासदस्य शोकवहादुर वस्नेतले शुभकामना व्यक्त गर्नुभएको थियो ।