खेलकुद फिचर न्यूज

सन्दीपसहित नेपाली टिमले थाल्यो दक्षिण अफ्रिकाविरूद्धको तयारी

काठमाडौं, असार १। आइसीसी टी-२० विश्वकपका लागि यतिबेला नेपाली राष्ट्रिय क्रिकेट टोली वेष्ट इन्डिजमा रहेको छ।

वेष्ट इन्डिजमा रहेको नेपाली टोलीले भोलि हुने दक्षिण अफ्रिकाविरूद्धको खेलका लागि अभ्यास गरिरहेको छ।

यस अगाडिको दुई खेलमा नजोडिएका नेपालका चर्चित बलर तथा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेसहित नेपाली टोलीले अभ्यास गरिरहेको छ।

सन्दीपलाई नेपाली टोलीमा समावेश गरेसँगै प्रतिश जिसी १५ सदस्यीय नेपाली टोलीबाट बाहिर हुने क्यानले जनाएको छ। सन्दीप यसअघि नै १५ सदस्यीय विश्वकप टोलीमा रहेपनि अमेरिकाको भिसा नभएका कारण नेपाली टोलीमा नरहेको र अब प्रतिश ‘ट्राभलिङ रिजर्भ’ को रूपमा रहने क्यानले जनाएको हो।

त्यसका लागि सन्दीप केही दिन अगाडिमात्रै वेस्ट इन्डिज पुगेका हुन्।

सन्दीपले वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका र बंगलादेशसँगको खेल खेल्नेछन्। नेपालले समूह डी अन्तर्गत दक्षिण अफ्रिकासँग भोलि बिहान ५:१५ बजेदेखि खेल्दै छ। यो खेल वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित आरनोस भाल स्टेडियममा हुँदैछ।

यस्तै, सोमबार बंगलादेशसँग खेल्दैछ।