समाचार

प्रशाद-२ फिल्मको लफडाको केशमा फिल्म निर्देशक सुदर्शन थापा पक्राउ

काठमाडौं, जेठ २१।। फिल्म निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । फिल्म ‘ प्रसाद २’ विवादको मुद्दामा उनलाई प्रहरीले बालुवाटार क्षेत्रबाट सोमबार पक्राउ गरेको हाे ।

आफूहरुको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको भन्दै निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले गत साउन १० गते जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी परेका थियाे । पक्राउ पुर्जी जारी भए पनि फरार रहेका उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।