समाचार

न्यूरोडलाई लिएर काठमाडौं महानगर र सडक विभागको विवाद बल्झियो

काठमाडौं, जेठ २१ । काठमाडौं महानगरपालिका र सडक विभागको विवाद झन् बल्झिएको छ।

महानगरले न्यूरोडस्थित् सडक फुटपाथ बढाउनका लागि केही दिन अगाडि सडक काटेपछि आज सडक विभागले काटिएको सडकलाई पुर्न लाग्दा विवाद झन् बल्झिएको हो।

न्यूरोडमा सडक विभागले गरिरहेको काममा आज काठमाडौं महानगरले महानगर प्रहरी लगाएर हस्तक्षेप गर्न खोजेपछि विवाद बल्झिएको हो। अहिले सो क्षेत्रमा सडक विभागका कर्मचारी, नगर प्रहरी, बालेनका समर्थक र स्थानीयवासी जम्मा भएर वादविवाद गरिरहेका छन्।

महानगरले फुटपाथ बढाउने भनेर केही दिनअगाडि न्यूरोडको सडक किनारा काटेको थियो। आज सडक विभागले भने महानगरले काटेको सडक धमाधम पिच गर्न थालेपछि मेयर बालेनले नगर प्रहरी पठाएका छन्।

महानले नगर प्रहरी पठाएपछि विवाद बल्झिएको हो।

यसैविषयमा केही बेर अगाडि मेयर बालेन शाहले पनि स्टाटससमेत लेखेका थिए।