फिचर न्यूज समाचार

संघीय संसदका दुवै सदनको बैठक बस्दै, बजेटमाथि नै छलफल हुने

काठमाडौं, जेठ २१। आज संघीय संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै छ।

आज ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठकमा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ। आइतबारदेखि सुरू भएको बजेटमाथिको छलफल आजपनि जारी रहने छ। आइतबारको छलफलमा २८ सांसदले भाग लिएका थिए।

त्यस्तै, आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

यस्तै, राष्ट्रिय सभाको बैठक १२:१५ बजे बोलाइएको छ। यस बैठकमापनि बजेटमाथि नै छलफल हुनेछ।