फिचर न्यूज राजनीति

कोशीको आर्थिक सल्लाहकारमा डा. सुवेदी नियुक्त

विराटनगर, जेष्ठ २० । उपप्राध्यापक डा. मोहन सुवेदी कोशी प्रदेश सरकारको आर्थिक सल्लाहकार नियुक्त भएका छन् । 

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उनलाई आइतबार आर्थिक सल्लाहकार नियुक्त गरेका हुन् । डा. सुवेदी महेन्द्र मोरङ क्याम्पसका उपप्राध्यापक हुन्। उनले नेपालमा धितो पत्र व्यवहार विषयमा विद्यावारिधि गरेका छन् । 

यसअघि उनले प्रदेश सरकारको राजस्व परामर्श समितिमा विज्ञका रूपमा काम गरिसकेका छन् । मुख्यमन्त्री कार्कीले यसअघि प्रमुख स्वकीय सचिवमा जीवन कार्की, प्रेस सल्लाहकारमा विक्रम लुइँटेल र जनसम्पर्क सल्लाहकारमा रवि खनाललाई नियुक्त गरिसकेका छन् ।