राजनीति

वाग्मतीको मुख्यमन्त्री पदमा शाक्यको शपथ ग्रहण

भदौ २, हेटौँडा । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन्। प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले नेकपा (एमाले) की उपाध्यक्ष समेत रहेकी शाक्यलाई संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्।

मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार राति राजीनामा दिएलगत्तै एमाले दलको तर्टबाट एकल बहुमतको सरकार गठनको दाबी सँगै पेस भएको थियो। संसदीय दलका नेता शाक्यलाई मुख्यमन्त्री बनाउन दाबी गरिएको थियो। दाबी अनुसार प्रदेश प्रमुख प्रसाईंले शाक्यलाई नियुक्त गरेका हुन्।

शाक्यले प्रदेश प्रमुख प्रसाईँसँग पद तथा गोपनीयताको शपथ लिएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *