साहित्य

क्षितिज क्षेत्रीको उपन्यास ‘क्षितिजकी रश्मी’ विमोचन

बेलबारी, जेष्ठ १५ । शिक्षा सेवामा तल्लीन शिक्षक साहित्यकार, नवोदित आख्यानकार क्षितिज क्षेत्री रमेशको उपन्यास क्षितिजकी रश्मी विमोचन भएको छ ।

आज एक कार्यक्रमका बिच साहित्यकार मनु मन्जिलको प्रमुख आतिथ्ययतामा आख्यान विमोचन भएको हो । सुष्मा गोदावरी कलेज इटहरीको सभा हलमा भएको विमोचन कार्यक्रममा साहित्य क्षेत्रका अग्रजहरूको उपस्थिति थियो ।