फिचर न्युज

सिरोहिया पक्राउ गर्ने गठबन्धन सरकारको निर्णय खेदजनक : देउवा

काठमाडौं, जेठ ९। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउप्रति खेद व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत सिरोहिया प्रक्राउ सरकारको अलोकतान्त्रिक कदम भएको जनाएका छन् ।

‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहीयालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिनु सरकारको अलोकतान्त्रिक कदम हो । मिडियालाई तर्साउने उदेश्य सहितको गठबन्धन सरकारको यो निर्णय खेदजनक छ’, देउवाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

सिरोहियालाई प्रहरीले नागरिकता किर्तेको प्रकरणमा अनुसन्धान गर्न बुधबार साँझ पक्राउ गरेको थियो ।